बक्स अफिसमा चम्कियो सारा र विक्कीको ‘जरा हट्के जरा बचके’

२२ जेठ २०८० ८:३४

चलचित्र ‘पठान’पछि निरन्तर ओरालो लागेको बलिउडको बक्स अफिस यतिबेला फेरि चलमलाएको छ । बलिउड पण्डितहरुको आँकलन विपरित नायक विक्की कौशल र नायिका साराअली खान अभिनित चलचित्र ‘जरा हट्के जरा बचके’ले बक्स अफिसमा व्यापार गरिरहेको छ ।

यो चलचित्रले पहिलो दिन २ करोड आसपासको व्यापार गर्ने अनुमान धेरै बलिउड पण्डितहरुले गरेका थिए । तर, चलचित्रले रिलिजको पहिलो दिन शुक्रबार ५.४९ करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार ७.२० करोड पुग्यो ।

आइतबार चलचित्रले ९.९० करोडको व्यापार गर्यो । विकेन्डमा चलचित्रले २२.५९ करोडको व्यापार गरेको छ र धेरै हलमा हाउफूलको बोर्ड लागेको छ । यसले बलिउडलाई नै निकै खुशी बनाएको छ ।

सारा र विक्की निरन्तर असफल चलचित्रका कारण निराश थिए । तर, यो चलचित्रको व्यापारले उनीहरुलाई खुशी दिएको छ ।

यसले चलचित्रको गीतले दर्शकको मन छोयो भने पनि व्यापार राम्रो हुन्छ भन्ने देखाएको छ । आगामी दिनमा रिलिज हुन लागेको बलिउडका केही चलचित्रको व्यापार उकासिने धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *