भाग्यश्रीलाई देख्दा मुटु नै ढुकढुक भयोः धिरज र अरुण(भिडियो)

२२ जेठ २०८० ५:०९

नायक धिरज मगर र अरुण क्षेत्रीले आइतबार बेलुकी आयोजना भएको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा अवार्ड उचाले । भारतका चर्चित कलाकार रञ्जित रेको हातबाट यी दुइले अवार्ड उचालेका थिए ।

कार्यक्रममा बलिउड नायिका भाग्यश्री अतिथीको रुपमा उपस्थित थिइन् । चलचित्र ‘मैने प्यार किया’मा काम गरेपछि भाग्यश्रीको चर्चा चुलिएको हो । यसपछि, उनको संझिनलायक चलचित्र खासै छैनन् । तर, उनलाई डेब्यू चलचित्र नै आजसम्म चर्चामा राखिदिएको छ ।

भाग्यश्रीलाई कार्यक्रममा देख्दा खुशी लागेको अवार्ड जितेपछि धिरज र अरुणले प्रतिक्रिया दिए । धिरजले भने–‘भाग्यश्रीलाई देख्दा मुटुको चाल नै परिवर्तन भयो । उहाँलाई हामीले सानैमा देखेको हो । आज प्रत्यक्ष देख्न पाउँदा खुशी लाग्यो ।’

बलिउड कलाकारहरुको हातबाट अवार्ड थाप्दा खुशी लागेको बताउँदै धिरज र अरुणले यसले आफूहरुलाई अझै १०–१५ बर्ष काम गर्न उर्जा प्रदान गर्ने तर्क गरे । यी दुबै नायकले चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’मा एकसाथ काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *