दयाको तर्क–‘मेरो मात्र फिल्म आइहरनु राम्रो हुदैन’(भिडियो)

१९ जेठ २०८० १४:२५

यो बर्षका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । दयाले यो बर्ष आफूसँग नयाँ चलचित्रका लागि समय नै नभएको बताएका छन् । यो बर्ष आफू पूर्ण रुपमा प्याक रहेको उनको भनाई छ ।

उनै, दयाहाङ एउटै कलाकारको चलचित्र रिलिज भइरहनु राम्रो नहुने तर्क गर्छन् । जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘निरफूल’को बिषयमा हिट नेपाल र हाम्रो सिनेमासँग कुरा गर्दै दयाले भने–‘कुनै पनि कलाकारको चलचित्र रिलिज भैराख्नु राम्रो होइन । दर्शकलाई पनि एउटै कलाकारको चलचित्र रिलिज हुँदा मज्जा आउँदैन ।’

दयाले कुनै पनि कलाकारले धेरै चलचित्रमा काम गर्दा त्यो उसैका लागि घातक हुने समेत बताए । भने–‘एउटा कलाकारले बर्षमा धेरै चलचित्रमा काम गर्नु उसैका लागि घातक हो । किनभने, धेरै चलचित्रमा काम गर्दा अभिनयमा विविधता देखाउन पाइदैन । तर, के गर्नु अहिले मलाई गर्नु परेको छ । साथीहरुले पनि गर्नुपर्छ भनेका छन् । यसैले, यो बर्ष मैले छुट्टै इनर्जी निकालेको छु ।’

तर, आफूले अर्को बर्षबाट भने यसरी चलचित्रमा काम नगर्ने दयाको भनाई छ । उनले, एउटा कलाकारले बर्षमा २ वटासम्म चलचित्रमा काम गर्नु राम्रो हुने तर्क गरे ।

दयाले जेठको २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘निरफूल’मा काम गर्दा आफूलाई छुट्टै आनन्द भएको समेत बताए । यो चलचित्र अबको ५० बर्षपछि हेर्दा पनि पुरानो नहुने उनको भनाई छ । फूलमान बलको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाले गोठालोको भूमिकामा काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *