‘परस्त्री’को हिन्दी गीतको राइट्स वी फोर म्युजिकले किन्यो

१९ जेठ २०८० १४:१७

हिन्दी भाषामा समेत निर्माण गरिएको नेपाली चलचित्र ‘परस्त्री’ चर्चामा छ । यो चलचित्र असारको १५ गतेबाट देशभर रिलिज हुँदैछ । साथै, यो चलचित्रलाई हिन्दी भाषामा असार १५ गतेबाट नै भारतमा पनि रिलिज गरिनेछ ।

शर्मिला पाण्डेको निर्माणमा सुरज पाण्डेले निर्देशन गरेको चलचित्रलाई दीपेन्द्र के खनालले लेखेका हुन् । यो चलचित्रको हिन्दी रिलिजको तयारीका लागि यसका निर्माता र निर्देशक केही दिनदेखि मुम्बइमा छन् ।

यसैबिच, यो चलचित्रको हिन्दी गीतको अधिकार भारतको चर्चित म्युजिक कम्पनी वी फोर म्युजीकले खरिद गरेको छ । निर्मात्री पाण्डेले कम्पनीसँग कागजी संझौता गरेकी छिन् ।

अब, यो चलचित्रको हिन्दी गीत र ट्रेलर बी फोर म्युजीकबाट सार्वजनिक हुनेछ । निर्मात्री पाण्डेका अनुसार, नेपालमा नेपाली भाषामा रिलिज भएकै दिन भारतमा पनि हिन्दी भाषमा बी फोर म्युजिकबाट गीत र ट्रेलर सार्वजनिक गरिनेछ ।

कोशिश क्षेत्री, शिल्पा मास्के, गौरब बिष्ट अभिनित यो चलचित्र चर्चामा छ । चलचित्रको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *