फिल्मको अफर गर्न विपनाको आग्रह

१७ जेठ २०८० १२:३२

करिब १५ बर्ष नेपाली चलचित्रबाट टाढा रहेकी नायिका विपना थापा ‘ह्रस्व दीर्घ’ चलचित्रबाट कमब्याक गर्दैछिन् । विपनाले चलचित्र ‘बरमाला’मा काम गरेपछि नयाँ चलचित्रमा काम गरेकी थिइनन् ।

उनै, विपना थापा केही दिन अगाडि एक अवार्ड समारोहमा सहभागी हुन नेपाल आएकी थिइन् । नेपाल आएको समयमा उनले अब आफू चलचित्रमा काम गर्नका लागि फुर्सदिलो रहेको प्रतिक्रिया दिइन् । विपनाले मिडियाको क्यामेरा अगाडि उभिएर आफूलाई चलचित्रमा अफर गर्न चलचित्रकर्मीसँग आग्रह पनि गरिन् ।

विपनाको सोझो आग्रह थियो, चलचित्रका लागि म तयार छु अफर गर्दा हुन्छ । विपनाले आफूलाई सुहाउँदो क्यारेक्टर भएको खण्डमा काम गर्नका लागि कुनै पनि गाह्रो अब नभएको स्पष्ट पारिन् ।

नायिका थापा कुनै समय नेपालको नम्बर १ नायिका थिइन् । तर, पछि बिहे गरेर उनी भारतमा बस्दै आएकी छिन् । आफ्नो छोरा ठूलो भएकाले अब चलचित्रमा अफर गरेको खण्डमा काम गर्नका लागि पूर्ण रुपमा तयार रहेको विपनाको भनाई छ ।

काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्डमा विपनालाई ‘यूग नायिका’को उपाधि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *