‘नाङ्गो गाउँ’को विदेशमा उच्च माग, अमेरिकामा मात्र ४ सय बढी शोज

१७ जेठ २०८० ११:२४

भदौको २९ गतेबाट चलचित्र ‘नाङ्गो गाउँ’ रिलिज हुँदैछ । यो चलचित्रको कुनै पनि लुक्स सार्वजनिक भएको छैन । तर, पनि यो चलचित्रलाई लिएर नेपाल र विदेशमा उच्च माग छ । यो चलचित्रको अमेरिका तथा क्यानडाको राइट्स उच्च मुल्यमा विक्री भएको छ । यो चलचित्र अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ । उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए ।

फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रलाई लिएर विदेशमा रहेका नेपालीहरुले उत्साहजनक रुपमा चासो लिइरहेका छन् । दया र मिरुनाको जोडी चलचित्रमा हुनुको प्रभाव यो फिल्मलाई परेको देखिन्छ । साथमा निर्देशक लामाका अघिल्ला चलचित्रहरुका कारण पनि यो फिल्मको विदेशमा उच्च माग भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *