‘अन्तिम संस्कार’को ‘मर्डर मिष्ट्रि’ ट्रेलर

१७ जेठ २०८० ११:२०

असोजको ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर आज सार्वजनिक गरिएको छ । प्रदीप शाहीको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा सम्पूर्ण कलाकारहरुको उपस्थिती थियो ।

साई प्रोडक्शन नेपालको ब्यानरमा तयार भएको फिल्ममा राजकुमार गुरुङ, भाइराजा थापा, सुमन राई, उत्सव बिष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहेको यो फिल्मलाई सामाजिक एवं सांकृतिक कथावस्तुमा तयार पारिएको छ । फिल्मलाई ‘मर्डर मिष्ट्रि’को कथा भनिएको छ ।

कार्यक्रममा बोल्दै कलाकार बिजय लामाले आफूहरुले नेपालकै कुनै एक भेगको संकृती झल्कने फिल्ममा काम गरेको भन्दै दर्शकलाई हेरिदिन आग्रह गरे । उनले, फिल्मका लागि सम्पूर्ण कलाकारहरुले खुबै मिहिनेत गरेको बताए ।

यो फिल्मका निर्देशक प्रदीप शाहीले नेपाली फिल्मलाई विश्वमा लैजान र विदेशीहरुलाई समेत हेराउनका लागि आफूले प्रयास गरेको सुनाए । बाबु श्रेष्ठको छायांकन, रुपेश गुरुङको सम्पादन रहेको यो फिल्म एक हत्याको वरिपरी घुमेको छ । फिल्मको कथावस्तुले दर्शकलाई हलसम्म तान्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *