‘देववाणी’ निर्माणको घोषणा

५ जेठ २०८० १६:३६

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । पुजाआजासहितको मुहुर्तमा चलचित्रका मुख्य कलाकारहरु कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहुर्त सट दिएका थिए ।

मुहुर्तमा पत्रकार शान्तिप्रियले क्यामराको स्वीच अन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेका थिए ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा हुनेछ ।

चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । यो चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माताको रुपमा छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको यो चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *