‘फर्की फर्की’मा अनमोल र जसिताको जोडी

५ जेठ २०८० १६:३२

नायक अनमोल केसीले पहिलो पटक नायिका जसिता गुरुङसँग रोमान्स गर्ने भएका छन् । अनमोल र जसितालाई लिएर यसअघि नायक भुवन केसीले चलचित्र ‘एन्टी हिरो’ बनाउने घोषणा गरेका थिए । तर, यो चलचित्र बनेन ।

तर, अब भने निर्माता रोहित अधिकारीले अनमोल र जसिताको जोडीलाई लिएर चलचित्र बनाउने घोषणा गरेका छन् । रोहित अधिकारी फिल्मस्सँग आज नायक अनमोल केसी र जसिता गुरुङले कागजी संझौता गरेका छन् । यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । गुरुङले चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए ।

यो चलचित्रको नाम ‘फर्की फर्की’ राखिएको छ । चलचित्रको छायांकन जेठ वा भदौबाट सुरु गर्ने योजनामा रोहित छन् । अनमोलले यो चलचित्रको कथा निकै रुचाएको रोहितको भनाई छ । अनमोलले यो चलचित्रको कथा निकै मन परेकाले पनि चलचित्र साइन गर्न आफै इच्छा व्यक्त गरेका थिए ।

लभ स्टोरी कथामा निर्माण हुने चलचित्रको अन्य टिम चाडै नै फाइनल गर्ने रोहितको भनाई छ । रोहितले चलचित्र ‘बरिष्ठ बलराम’ समेत बनाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *