‘जवान’देखि ‘बडे मिया छोटो मिया’को रिलिज मिति पोष्टपोन्ड

२२ वैशाख २०८० १२:४९

बलिउडमा ठूलो बजेटमा निर्माण भएका चलचित्रहरुको प्रदर्शन मिति धमाधम परिवर्तन हुन थालेको छ । यसको असर, फिल्मका रिलिज क्यालेन्डरमा पर्न थालेको छ ।

नायक साहरुख खान र नायिका नयनतारा अभिनित चलचित्र ‘जवान’को प्रदर्शन मिति जुन २ बाट पोष्टपोन्ड भएको छ । यो चलचित्र अगष्ट २५ बाट रिलिज हुन सक्ने चर्चा चलेपनि निर्माणपक्षले अफिसियल मिति भने घोषणा गरेको छैन ।

यस्तै, नायक अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘बडे मिया छोटे मिया’को प्रदर्शन मिति पनि पोष्टपोन्ड भएको छ । यो बर्षको क्रिसमसलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, अब निर्माण कम्पनी पूजा इन्टरटेन्मेन्टले यो चलचित्रलाई सन् २०२४ को इदमा रिलिज गर्ने पक्का गरेको छ ।

चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अन्य थुप्रै चलचित्रको प्रदर्शन मिति हेरफेर हुन सक्ने बलिउड पण्डितहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *