‘ह्यासट्याग माया’मा नम्रता र सारुक

२२ वैशाख २०८० १२:३९

चलचित्र ‘ह्यासट्याग माया’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दीरमा शुभसाइत गर्दै फिल्मको एक सातापछि छायांकन सुरु हुने जानकारी दिइयो । यो चलचित्रमा नायिका नम्रता श्रेष्ठ, नायक सारुक ताम्राकारको साथमा रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतका कलाकारको अभिनय रहनेछ ।

यो चलचित्रको छायांकन काठमाडौंबाट सुरु भएर पोखरा, बर्दिया हुँदै धरानमा पुगेर सकिनेछ । ४५ दिनको सेड्यूलमा चलचित्रको छायांकन गरिने निर्माणपक्षले बताएको छ । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । नायिका नम्रता श्रेष्ठ यो चलचित्रमा शिर्ष भूमिकामा देखिनेछिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षण समेत लिएकी थिइन् । ‘निर्माण समूहको मिहिनेत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, नायिका श्रेष्ठले भनिन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । चलचित्रमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *