हल पुगेका धिरज र जसिता दर्शकको प्रतिक्रियाले उत्साहित

२२ वैशाख २०८० १२:३२

बिहिबारबाट रिलिज भएको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ले शुक्रबार बक्स अफिसमा सुखद कमाई गरेपछि नायक धिरज मगर र नायिका जसिता गुरुङ हल पुगे । चाबहिलको एफक्यूब सिनेमा हलमा फिल्म हेर्न आएका दर्शकसँग नायक नायिकाले साक्षात्कार गरेका थिए । धिरज र जसिता पुग्दा दर्शकले हुटिङ गरेर साथ दिएका थिए । उनीहरुसँग तस्वीर खिचाउनका लागि दर्शकको भीड लागेको थियो ।

फिल्म हेरेका अधिकांशले यसको प्रस्तुतिलाई नै मन पराएका थिए । नेपाली फिल्ममा पहिलो पटक डान्स कथा रोजिएको र त्यसलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै दर्शकले खुशी व्यक्त गरे ।

केही दर्शकले फिल्ममा धिरज र जसिताले गरेको मिहिनेत गज्जब रहेको प्रतिक्रिया दिए । केही दर्शकले फिल्मको क्लाइमेक्स चित्त नवुझेको बताएका थिए । निर्माणपक्षले यसलाई सुधार गरेको बताएको छ ।

रिनाशा राई रानाको निर्देशनमा तयार भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।

फिल्मले शुक्रबार दर्शकको वर्ड अफ माउथका कारण दर्शकको बलियो साथ पाएको निर्देशक राइले बताएकी छिन् । शनिबार फिल्मले अझै उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *