‘नाई नभन्नु ल ६’बाट आर्शिवादले देखाए आशा

२० वैशाख २०८० ११:०८

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ६’ले बक्स अफिसमा खराब व्यापार गर्यो । हिट सिरिजको छैटौं श्रृङ्खला बक्स अफिसमा नराम्रोसँग पछारियो । यसैले, पनि निर्देशक विकासराज आचार्य र उनको टिमलाई यसपटक नराम्रोसँग धक्का लागेको छ ।

यो चलचित्रमा नव–नायकको रुपमा आर्शिवाद क्षेत्री उदाएका छन् । चलचित्रको व्यापार असफल भएपनि आर्शिवादले संभावना भने देखाएका छन् ।

चलचित्रमा आर्शिवादले एक्सन र नृत्यमा उत्कृष्ट काम गरेका छन् । आर्शिवादले सफल निर्देशक र सफल ब्यानरबाट अवसर पाएको खण्डमा उनको करिअर सुखद बन्ने देखिन्छ ।

चलचित्रमा आर्शिवादको अभिनयको पनि आलोचना गर्ने ठाउँ छैन । उनले, आफ्नो संवादमा केही सुधार गर्नुपर्ने हुन्छ । तर, पनि चलचित्रमा उनी हाबी छन् ।

आर्शिवादलाई निर्देशकले नृत्य र एक्सनमा नै बढी केन्द्रित गराएका छन् । जसकाकारण, उनीबाट अभिनय निकाल्न भने निर्देशक आचार्य असफल छन् । तर, आर्शिवादले चलचित्र क्षेत्रमा फेरि अर्को मौका पाएको खण्डमा उनीबाट ठूलो आशा राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *