साहरुखको ‘जवान’ जुन २ बाट पोष्टपोन्ड भएको हो ?

२० वैशाख २०८० ११:००

चलचित्र ‘पठान’ले बक्स अफिसमा धमाका मच्चाएपछि बलिउड सुपरस्टार साहरुख खानको नयाँ चलचित्र ‘जवान’ चर्चामा छ । यो चलचित्र तोकिएकै मितिमा रिलिज भयो भने निर्माणपक्षसँग प्रमोशनका लागि एक महिना पनि बाँकी छैन ।

तर, अहिलेसम्म चलचित्रको कुनै पनि प्रचार सामाग्री सार्वजनिक गरिएको छैन । यसैले, पनि चलचित्र जुन २ तारिखबाट रिलिज हुन्छ या हुँदैन भन्ने चर्चा पनि सामाजिक संजाल र मिडियामा चलिरहेको छ ।

यसैबिच, भारतीय मिडियाका अनुसार ‘जवान’लाई केही हप्तापछि मात्र रिलिज गर्ने तयारीमा यसको निर्माण कम्पनी रेड चिल्ली इन्टरटेन्मेन्ट लागेको छ । यो चलचित्रलाई जुन २ बाट जुन २९ तारिखमा रिलिज गर्ने तयारी गरिएको छ । यो मितिमा रिलिज गर्दा चलचित्रले ४ दिनको विकेन्ड पाउनेछ । जसलेगर्दा, चलचित्रको व्यापारमा पनि ठूलो फाइदा मिल्नेछ ।

यसैले, चलचित्रको टिजर वा ट्रेलर केही पनि सार्वजनिक गरिएको छैन । नायक साहरुख खान चलचित्र ‘डंकी’को छायांकन सकेर कतारबाट बुधबारमात्र भारत फर्किएका छन् । अब, चलचित्रको प्रचार पनि सुरु हुने अपेक्षा धेरैको छ ।
साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको चलचित्रमा साहरुख खान, नयनतारा, विजय सेतुपतिको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *