निश्चलले घोषणा गरे ‘दिमाग खराब’, दयादेखि स्वस्तिमासम्म रहने

२० वैशाख २०८० १०:५१

निर्देशक निश्चल बस्नेतको निर्देशनमा चौथो चलचित्र ‘दिमाग खराब’ बन्ने भएको छ । यो चलचित्रको निर्माणको घोषणा केही दिन अगाडि मात्र गरिएको छ । चलचित्रको प्रदर्शन मिति र कलाकारको लाइनअप पनि सार्वजनिक गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र बिजय बराल मुख्य भूमिकामा रहनेछन् ।

यो चलचित्रलाई कार्तिकको २४ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । तिहारको अवसरमा यो चलचित्र नेपाली बक्स अफिसमा रिलिज हुन लागेको हो । चलचित्रमा सुशन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भएको छ ।

यो चलचित्रले शक्ति र जनता बिचको कथालाई हाँस्यरसमा प्रस्तुत गर्नेछ । चलचित्रमा रौनक विक्रम कँडेलको लगानी, सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् । चलचित्र ‘लूट २’ले अपेक्षित प्रतिक्रिया नपाएपछि निश्चल केही बर्ष निर्देशनबाट ब्याक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *