बदलिएको आनाको फिगर

२० वैशाख २०८० १०:४०

नायिका आना शर्माले अभिनय गरेको चलचित्र ‘जेरी’को सिक्वेल ‘जेरीः अन टप’ छायांकनको तयारीमा छ । यो चलचित्रको छायांकन अष्ट्रेलियाबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । आनाले आफ्नो करिअरमा थोरै मात्र चलचित्रमा अभिनय गरेकी छिन् । दर्शकले उनलाई चलचित्र ‘जेरी’की नायिका भनेर नै बढी संझन्छन् ।

उनै, आनाले चलचित्र ‘मायाको माया’को छायांकन हालै मात्र सकेकी छिन् । साइकोलोजिकल थ्रिलर कथामा तयार भएको यो चलचित्रबाट आना आशावादी छिन् । उनले, आफ्नो पाइपलाइनमा ३ वटा चलचित्र रहेको जानकारी दिइन् ।

मंगलबार आयोजना गरिएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियरमा उपस्थित आनाको बदलिएको फिगरलाई धेरैले तारिफ गरे । आनाले नयाँ चलचित्रका लागि आफ्नो फिगर स्लिम बनाएकी छिन् ।

निकै कम मात्र मिडियामा देखिने भएकाले पनि आनाको तस्वीरहरु कमै मात्र मिडियाकर्मीको क्यामेरामा कैद हुन्छन् । मंगलबार भने आनाले मिडियाको क्यामेरामा धैर्य गरेर नै पोज दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर