‘ज्याकीः आई एम ट्वान्टी वान’लाई प्रिमियरमा तारिफै तारिफ
२० वैशाख २०८० १०:३२
भोली बिहिबारबाट रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’लाई प्रिमियरमा तारिफै तारिफ मिलेको छ । रिनाशा राइ रानाको निर्देशनमा तयार भएको यो फिल्मको मंगलबार वान सिनेमाज्, नयाँ बाँनेश्वरमा प्रिमियर गरिएको छ ।
चलचित्र हेर्न आएका चलचित्रकर्मी र पत्रकारले यसको मेकिङ, डान्सको कोरियोग्राफीलाई उत्कृष्ट भने । नेपाली चलचित्र क्षेत्रमा यो स्तरको डान्सको कथामा चलचित्र नबनेको भन्दै उनीहरुले निर्देशक रिनाशा राई रानाको कामको तारिफ गरे ।
चलचित्र हेर्न पुगेका निर्देशक प्रदीप भट्टराइले एउटै संरचनामा नेपाली चलचित्र बनिरहेको भन्दै यो चलचित्रले त्यसलाई भत्काएको बताए । चलचित्र हेर्नका लागि पुगेका अधिकांश चलचित्रकर्मीले पर्दामा यो चलचित्र हेर्दा आँखालाई आनन्द आएको बताए ।
चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको मिहिनेत गज्जबले देखिन्छ ।
विशेषगरि, यूवापुस्ताले यो चलचित्रलाई मन पराउने विश्लेषण धेरैको छ । आफ्नो सपना र पिताको सपनाको दोधारमा उभिएको एक यूवाको कथामा यो चलचित्र बनेको छ ।