प्रेमको प्रश्नमा धिरज र जसितालाई सकस

१ वैशाख २०८० १२:१३

नायक धिरज मगर र नायिका जसिता गुरुङको बहुप्रतिक्षित चलचित्र ‘आई एम ट्वान्टी वान’ बैशाखको २१ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा रहेका धिरज र जसिताको प्रेम चर्चा पनि बेलाबखल नेपाली मिडियामा आउने गर्दछ ।

आज आयोजना भएको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले उनीहरुलाई यही बिषयमा प्रश्न गरेका थिए । तर, धिरज र जसिता दुबैलाई प्रेमको प्रश्नमा खुलेर कुरा गर्न भने सकस भयो । धिरजले जसिता आफ्नो करिअरका लागि महत्वपूर्ण भएको बताए । उनले, जसिताको काम गर्ने तरिकाको आफू फ्यान भएको सुनाए ।

यता, जसिताले पनि धिरजसँग आगामी दिनमा पनि चलचित्रमा सहकार्य गर्ने अवसर मिलोस् भनेर कामना गरिन् । तर, दुबैले प्रेमको बिषयमा भने खुलेर बोल्न चाहेनन् ।

धिरज र जसिता चलचित्र चल्ने बेलामा प्रेमको चर्चा नहोस् भन्ने चाहन्छन् । यसैले, उनीहरु यो प्रश्नबाट बच्ने कोशिश गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *