‘आई एम ट्वान्टी वान’को ट्रेलरमा धिरज र जसिताको संघर्ष र सपनाको कथा

१ वैशाख २०८० ११:४९

यो बर्ष नेपाली चलचित्रका दर्शकले फरक–फरक कथाका चलचित्र हेर्न पाउने भएका छन् । यसैले, यो बर्ष नेपाली चलचित्रका लागि सुखद बन्न सक्ने आँकलन गर्न सकिन्छ ।

यो बर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ पनि यस्तै एक प्रतिक्षित चलचित्र हो । नेपालकै पहिलो डान्स ड्रामाको रुपमा तयार भएको चलचित्रलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आफ्नो सपना विर्सिएर बाबुको सपना पुरा गर्न होमिएको एक यूवक, आफ्नै सपना पुरा गर्न उसले गरेका संघर्षको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘आई एम ट्वान्टी वान’लाई आइकोर फिल्मस्को ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।

चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण कार्की, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरमा मेकिङ, प्रस्तुति, कलाकारको मिहिनेत, संवाद बलियो देखिएको छ । निर्देशक रेनशाले दाबी गरे जस्तै चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयाम थप्ने पक्का जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *