बक्स अफिसमा ‘जारी’को सुनामी, दयाले काटे दर्शकसँग केक

१ वैशाख २०८० ११:४१

आजबाट रिलिजमा आएको चलचित्र ‘जारी’ले बक्स अफिसमा सुनामी नै ल्याएको छ । यो चलचित्रले बिहिबार बेलुकी आयोजना भएको प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले पनि निकै रुचाएका छन् ।

देशभरका मल्टिप्लेक्समा चलचित्रले उच्च शोज पाएको छ । सबै शोज बिहानैदेखि सोल्ड आउटमा छन् । शुक्रबार दिनभर चलचित्रको टिकट पाउन मुश्किल देखिएको छ । शनिबारका लागि पनि चलचित्रको अधिकांश हलमा टिकट विक्री भैसकेका छन् ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्रकलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । चलचित्रको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारको अभिनय, पटकथालाई दर्शकले उत्कृष्ट भनेका छन् । समीक्षकले पनि ‘जारी’लाई दशककै उत्कृष्ट चलचित्र समेत भनेका छन् ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बिजय बराल लगायतका कलाकारको अभिनय छ । यसैबिच, नायक दयाहाङ राइले जन्मदिनको केक दर्शकसँग बसेर काटेका छन् । आज बीग मुभिजमा उनले चलचित्र हेर्न आएका दर्शकसँग बसेर केक काटे । दयाले दर्शकबाट पाएको प्रतिक्रिया र मायाका लागि धन्यवाद समेत दिएका छन् । चलचित्रले आज एक करोड भन्दा माथिको व्यापार गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *