वैशाख १५ बाट रिलिज हुने भयो ‘प्रसाद २’

२८ चैत २०७९ १०:३२

कानुनी झमेलामा परेर चैत्र २४ गतेबाट रिलिज हुन नसकेको चलचित्र ‘प्रसाद २’को नयाँ मिति सार्वजनिक भएको छ । उच्च अदालत पाटनले चलचित्र रिलिजका लागि बाटो खोलिदिएपछि नयाँ प्रदर्शन मिति निर्माणपक्षले सार्वजनिक गरेको हो । यो चलचित्रको आज सेन्सर पास हुँदैछ ।

यो चलचित्रलाई अब नयाँ बर्षको बैशाखको १५ गतेबाट रिलिज गर्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । यो मितिमा ‘कैदीको पत्र’ नामक चलचित्र मात्र रिलिज हुने पक्का भएको थियो ।

चलचित्र ‘प्रसाद २’मा विपिन कार्की, अर्पण थापा र केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रलाई लिएर दर्शकको उत्साह पनि खुबै छ । यसैले, नयाँ मितिमा यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रको गीत, ट्रेलर सार्वजनिक भैसकेको छ । यो चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *