आँचल र आर्शिवादको ‘नाई नभन्नु ल ६’ नयाँ बर्षमा रिलिज नहुने

२८ चैत २०७९ १०:२७

बैशाखको १ गतेलाई प्रदर्शन मिति तय गरेर व्यापक प्रचार प्रसार गरिएको फिल्म ‘नाई नभन्नु ल ६’ अब तोकिएको मितिमा रिलिज नहुने भएको छ । यसको निर्माणपक्षले चलचित्र विकास बोर्डबाट सेन्सर अनुमति नपाएको भन्दै प्रदर्शन मिति पोष्टपोन्ड गरेको हो । तर, चलचित्र विकास बोर्डले भने सेन्सरका लागि अनुमति दिइसकेको उल्लेख गरेको छ ।

विकासराज आचार्य निर्देशित यो चलचित्रको सेन्सर भैसकेको छैन । चलचित्रको निर्माणपक्षले बैशाख १ गते कम शोज पाउने भएपछि रिलिज मितिबाट पछि हटेको चर्चा समेत चलचित्र वृत्तमा छ ।

आँचल शर्मा, आर्शिवाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रको गीतसंगीत र ट्रेलर सार्वजनिक भैसकेको छ । यसका मेकरले, बैशाख महिना भित्रै चलचित्र रिलिज गर्ने समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *