‘बहाव’मा सुरक्षाको लिप किसको चर्चा

२३ चैत २०७९ १३:४२

नायिका सुरक्षा पन्तले करिअरमै पहिलो पटक दिएको लिप किसले चर्चा पाएको छ । भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘बहाव’मा सुरक्षाको ८ सेकेन्ड लामो चुम्बनको दृश्य समावेश छ । चलचित्रको सुरुवातमै सुरक्षा र नयाँ कलाकारबिचको दृश्य समावेश गरिएको छ ।

यो दृश्यको बिषयमा सुरक्षाले आफ्ना श्रीमान् मानव सुवेदीलाई पनि केही बताएकी छैनन् । तर, उनी श्रीमान्ले के भन्ने हुन् भन्ने कुरामा भने सजग छिन् ।

बुधबार आयोजना भएको चलचित्रको प्रिमियरमा पनि सुरक्षा श्रीमान्विना नै आएकी थिइन् । चलचित्र ‘बहाव’लाई श्रीधर पौडेलले निर्माण गरेका हुन् भने प्रमोद कँडेल यो चलचित्रका निर्देशक हुन् ।

चलचित्रका निर्देशक कँडेलले विश्वस्त पारेपछि मात्र सुरक्षा यो दृश्य दिन तयार भएकी थिइन् । तर, फिल्मको प्रिमियरपछि यही दृश्यको चर्चा सर्वत्र छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *