मुस्ताङमा गौरव र वुद्दिको ‘दुई कदम’को धमाधम छायांकन

२१ चैत २०७९ ५:०८

उदय सुब्बाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘दुई कदम’को छायांकन मुस्ताङबाट सुरु भएको छ । चैत्रको १६ गतेबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रलाई मुस्ताङपछि धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि खिचिनेछ । दयाराम घिमिरेको कथा रहेको लभ स्टोरी चलचित्रमा तारादेवी लिम्बुको लगानी छ ।

अजम्बजरी फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ, कविता आलेमगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

विक्रम डीसीको छायांकन रहेको यो चलचित्रमा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन छ । चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *