विकास बोर्डमा सहमति भएपछि रिलिज हुने भयो ‘प्रसाद २’

२१ चैत २०७९ ४:४३

निर्माणको चरणदेखि नै विवादमा परिरहेको चलचित्र ‘प्रसाद २’ चैत्र २४ गतेबाट नै रिलिजमा आउने भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

विशेषगरि, सुभाष थापाले पैसा नतिरेको भन्दै विकास बोर्डमा विभिन्न संघसंस्था, कम्पनी र व्यक्तिहरुले उजुरी हालेपछि चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौल थियो । तर, सोमबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षिय भेलाले चलचित्र रिलिज गर्न दिने निर्णय गरेको हो ।

यसका लागि चलचित्रको कलेक्शन विभिन्न संघसंस्थाको रोहबरमा एउटा संघको खातामा जम्मा गर्ने र प्राथमिकताको आधारमा होमस्टे, निर्माता लगायतलाई दिने सहमति भएको छ ।

चलचित्र सेन्सर बोर्डमा नै निवेदन परेपछि चलचित्र रिलिज हुने वा नहुने अन्यौल थियो । तर, विकास बोर्डमा बसेको सर्वपक्षिय भेलाले चलचित्र रिलिज गर्न दिने सहमति गरेसँगै निर्धारित मितिबाटै चलचित्र दर्शकमाझ आउन लागेको हो ।

सुशिल पौडेलको लेखनमा तयार भएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *