बाबुलको ‘के भनौं र खै’मा माइकलको निर्देशन

२१ चैत २०७९ ४:३४

म्युजिक भिडियो निर्देशनमा माइकल चन्द व्यस्त छन् । कुनै पनि भिडियोलाई फरक तरिकाले बनाउने भएका कारण नै उनको व्यस्तता बढेको हो । उनै, चन्दले ‘के भनौं र खैं’ बोलको गीतको म्युजिक भिडियो तयार पारेका छन् । यो गीतमा
गायक पुष्पन प्रधान र गायिका रचना रिमाल स्वर छ । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई रोमान्टिक रुपमा तयार पारिएको छ ।

नरेन्द्र शाहको निर्माणमा तयार भएको यो म्यूजिक भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ ।झगडा गरेका उषा र रमेशको जोडीले विना र सरोजको जोडीको भिडियो हेरेपछि मिलेको कथालाई निर्देशक चन्दले डान्सिङ नम्बरसहित प्रस्तुत गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *