भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘प्रेमा’को बुधबार बेलुकी प्रिमियर गरिएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको लभ स्टोरी चलचित्रमा नायक अरुण क्षेत्री, नायिकाद्धय शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठको त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ ।
चलचित्र हेर्नका लागि केही चलचित्रकर्मीको मात्र उपस्थिती थियो । निर्देशकद्धय ज्ञानेन्द्र देउजा र प्रदीप भट्टराई, कलाकारहरु कुन्साङ बोमजोम, सन्ध्या केसी, अन्जना बराइली लगायत हल पुगेका थिए । उनीहरुले नायिका शुभेक्षाको कामको तारिफ गरे । शुभेक्षाले फिल्ममा उत्कृष्ट काम गरेको भन्दै दर्शकलाई हेर्न उनीहरुले आग्रह गरे ।
चलचित्र ‘महापुरुष’बाट उदाएका नायक अरुण क्षेत्रीको कामको पनि चलचित्रकर्मीले तारिफ गरेका थिए । निर्देशक भण्डारीले आफूहरुले एउटा साधारण कथामा सुन्दर काठमाडौं देखाउने प्रयास गरेको बताए ।