‘नाई नभन्नु ल ६’को ट्रेलरमा आँचलका लागि आर्शिवादको पागलपन

१६ चैत २०७९ १०:०२

बैशाखको १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ६’का अघिल्ला गीतहरुले खासै काम गरेका थिएनन् । चलचित्रको दुई वटै गीत नचलिरहेको अवस्थामा आम दर्शकलाई यसको ट्रेलरको प्रतिक्षा थियो ।

निर्माणपक्षले चलचित्र रिलिजको १५ दिन अगाडि यसको लभ स्टोरी, एक्सन र सांगीतिक प्रेमकथाले भरिएको ट्रेलर सार्वजनिक गरेको छ ।

सार्वजनिक ट्रेलरमा नव–नायक आर्शिवाद क्षेत्री हाबी छन् । उनको र नायिका आँचल शर्माको प्रेमकथा चलचित्रमा हेर्न सकिन्छ । यस्तै, चलचित्रमा बालबालिकाको प्रेमकथा समेत देखाइएको छ । चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतलाई पनि देख्न सकिन्छ ।

च्लचित्रमा विकासराज आचार्यको निर्देशन छ । सामिप्यराज तिमिल्सिना, विकासराज आचार्य र अरुणदेव जोशीको कथा छ । हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।

ट्रेलरमा कलाकार अनुभव रेग्मीलाई समेत राम्रो स्थान दिइएको छ । यसपटक पनि विकासले दर्शकलाई रुवाउने पक्का देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *