जुन महिनामा साहरुखदेखि प्रभाषको फिल्म रिलिज हुँदै

१४ चैत २०७९ ६:४९

यो बर्षको सुरुवात बलिउडका लागि बलियो रहन पुग्यो । नायक साहरुख खान र नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘पठान’ले बक्स अफिसमा १ हजार ५० करोड भन्दा माथिको व्यापार गरेपछि बलिउड फेरि जुरमुराएको छ । योसँगै नायक रणवीर कपुर र नायिका श्रद्धा कपुर अभिनित चलचित्र ‘तु झुटी मे मक्कार’ले पनि बक्स अफिसमा सुखद कमाई गर्यो । बलिउडका लागि जुन महिनालाई विशेष महत्वका साथ हेरिएको छ ।

किनकी, यो मितिमा ४ सुपरस्टारहरुको चलचित्र रिलिज हुँदैछ । जुनको २ तारिखमा साहरुख खानकै बहु प्रतिक्षित चलचित्र ‘जवान’ रिलिज हुँदैछ । एट्लीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान, नयनतारा र विजय सेतुपति मुख्य भूमिकामा छन् ।

चलचित्रमा साउथ सुपरस्टार थलापति विजयी र बलिउड नायक संजय दत्तको पनि विशेष भूमिका छ । यस्तै, जुन १६ मा नायक प्रभाष र नायिका कृति सेननको चलचित्र ‘आधिपुरुष’ रिलिज हुँदैछ । यस्तै, जुन २३ तारिखमा अजय देवगण अभिनित चलचित्र ‘मैदान’ रिलिज हुने पक्का भएको छ ।

यसको एक सातापछि जुन २९ तारिखमा कार्तिक आर्यन अभिनित चलचित्र ‘सत्य प्रेम कि कथा’ रिलिज हुँदैछ । यसैले, जुन महिनामा बलिउड चलचित्रले गर्ने व्यापारले यो बर्षको बलिउडको अवस्था चित्रित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *