सुरविनाले बल्ल पाइन् फिल्म, ‘मीरा’मा अनुवन्धित

१४ चैत २०७९ ५:५२

नायिका सुरविना कार्कीले लामो समयपछि नयाँ चलचित्र पाएकी छिन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभसाइत गरिएको छ ।

एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थितीको समस्या र कसैसँगको गोप्य सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथालाई यो चलचित्रले प्रस्तुत गर्नेछ । चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । चलचित्रमा नायिका सुरविना कार्की, कलाकारहरु निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका छ । आश्वी फिल्मस्ले निर्माण गर्न लागेको यो चलचित्रका लाइन प्रोड्यूसर शंकर कार्की हुन् ।

चलचित्रको शुभमुहुर्त समारोहमा निर्देशक पण्डितले मिडियासँग भनिन्–‘प्राकृतिक रुपमा नै फरक महशुश गर्ने महिलाहरुको कथा समेत यो चलचित्रमा देखाइनेछ । बज्जाको अटिजम समस्या र सम्बन्धलाई देखाउन चाहने आमाको कथा यो चलचित्रको प्रमुख कथा हो ।’

नायिका सुरविना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले अभिनय गर्न लागेको बताइन् । उनले, यो चलचित्रलाई सेक्सुवालिटीलाई एक्सप्लोर गर्न चाहने महिलाको कथा भनेकी छिन् । यसैसाता, छायांकन सुरु हुने फिल्ममा शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुलाई देखाइनेछ । चलचित्रमा एलिस कार्कीको संगीत, अनिल कटुवालको छायांकन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *