‘नाङ्गो गाउँ’मा साम्राज्ञी र कार्मको रोमान्स

१४ चैत २०७९ ५:४४

चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन चैत्रको १० गतेबाट सुरु भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा हिमाल शर्माको लगानी छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा भैरहेको छ ।

चलचित्रको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको छायांकन सेटमा कलाकाररु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देलले अभिनय गरिरहेका छन् । मुख्य नायिका मिरुना मगरको दृश्य सुरु नभएको निर्माणपक्षले जानकारी गरायो । यो चलचित्रमा वुद्दि तामाङ, पुष्कर गुरुङको पनि मुख्य भूमिका छ । चलचित्रलाई आलोक शुक्लाले खिचिरहेका छन् ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रले सामाजिक कथा भन्ने निर्देशक लामाले जानकारी दिए ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रको सेटबाट सार्वजनिक भएको तस्वीरमा नायिका साम्राज्ञी र नायक कार्म रोमान्टिक मुडमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *