‘पशुपति प्रसाद २ः भष्मे डन’मा दुर्गा माता स्वस्तिमा (भिडियो)

१२ चैत २०७९ ११:२०

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को सेटबाट नायिका स्वस्तिमा खड्काको गेटअप बाहिरिएको छ । आज बिहानैबाट चलचित्रको छायांकन पशुपतिनाथ परिसरमा भैरहेको छ । चलचित्रमा नायिका खड्का दुर्गा माताको भूमिकामा देखिएकी छिन् । उनीसँग तस्वीर खिचाउन भक्तजनहरुको भीड लागेको दृश्य समेत चलचित्रमा छायांकन गरिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले स्वस्तिमाको भूमिकाले दर्शकलाई नयाँ स्वाद दिने समेत बताएका छन् । चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्की देखिएका छन् । उनले, स्वस्तिमालाई नमस्कार गर्दै गरेको दृश्य समेत आज छायांकन गरिएको छ ।

यो चलचित्रमा नायक सौगात मल्लको पनि मुख्य भूमिका छ । चलचित्रमा नयाँ र फरक कथा खोज्न माहिर दीपेन्द्रले यसपटक पनि नयाँ कथामार्फत दर्शकलाई नयाँ बिषय बन्न खोजेका छन् ।

चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डेले ३० दिनमा चलचित्रको छायांकन सकिने बताए । उनले, पशुपति परिसरमा हुने भीडका कारण चलचित्र छायांकन गर्न हम्मे हम्मे भएपनि आफूहरुले व्यवस्थापन गरेको बताए ।

चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको पनि विशेष भूमिका छ । ७ बर्ष अगाडि रिलिज भएर दर्शकको साथ पाएको यो चलचित्रको सिक्वेललाई आउँदो बर्षको कात्तिक ४ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । खगेन्द्र लामिछाने यो चलचित्रका निर्माता तथा लेखक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *