कात्तिक ३ मा प्रकाश र केकीको ‘परदेशी २’ रिलिज हुने

१२ चैत २०७९ ६:३९

यो बर्षको दशैं, त्यसपछि फागुन ५ गते प्रदर्शन मिति तय गरेर पनि रिलिज हुन नसकेको चलचित्र ‘परदेशी २’लाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । शनिबार सार्वजनिक गरिएको एक भिडियोमा चलचित्रका नायक प्रकाश सपुतले कात्तिक ३ गतेबाट चलचित्र रिलिज गर्ने वाचा गरेका छन् ।

कात्तिकको ४ गतेबाट फूलपातिको बिदा सुरु हुनेछ । यसैले, षष्टीबाट चलचित्रलाई रिलिज गर्ने तयारी यसका निर्देशक तथा निर्माण नारायण रायमााझीले गरेका छन् । यो चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग लगायतका कलाकारको अभिनय छ । राजेश बंशल र नारायण रायमाझीले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा रमेश बीजीको कथा, बि.बि अनुरागीको संगीत, रामजी लामिछाने र गोबिन्द राइको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । यो चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *