‘जारी’को ‘चरी बस्यो’ गीतमा दया र मिरुनाको नोकझोक

१२ चैत २०७९ ६:०८

लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक भएको छ । चलचित्रको टिजर र ट्रेलरले उत्कृष्ट प्रतिक्रिया पाइरहेको समयमा यसको पहिलो गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा कालिप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर छ । यो लिरिकल अडियोमा मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका मिरुना मगरबिचको नोकझोकलाई प्रस्तुत गरिएको छ । यो चलचित्र बैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रले लिम्बु संकृतिलाई प्रस्तुत गरेको छ । चलचित्रमा रोयदिप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, बिजय बराल, अनिल सुब्बा लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रमा उपेन्द्र सुब्बाको लेखन, झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामबाबु गुरुङको लगानी छ । बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा श्रृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह–निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *