सुरक्षा, नरेन र बिराजको त्रिकोणात्मक प्रेमकथामा ‘बुलाकी’को गीत सार्वजनिक

१० चैत २०७९ ११:५४

नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दुनियाँलाई सम्झाई देउन’ बोलको गीतमा नरेन र सुरक्षाको साथमा कलाकार बिराज बिष्टको अभिनय हेर्न सकिन्छ । त्रिकोणात्मक प्रेमकथालाई यो गीतमा प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द तथा संगीत रहेको गीतमा बादल थापाको स्वर छ । टोपेन्द्र बिष्टले निर्माण गरेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

बैशाखको १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले कर्णालीको जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई लगायतका कलाकारको यो चलचित्रमा अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गिइ मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जीसीको सम्पादन, राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल, लक्ष्मण सुनार र बिराज बिष्टको संवाद छ । यो चलचित्रको छायांकन डोल्पा, जाजरकोटा, रुकुम पश्चिममा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *