दयाहाङ र मिरुनाको ‘जारी’ ट्रेलर रिलिज

१० चैत २०७९ ११:४७

बासुरी फिल्मस् प्रोडक्शनले कबड्डी प्रोडक्शनको सहकार्यमा निर्माण भएको चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको लगानीमा बनेको यो चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, बिजय बराल, रोयदिप श्रेष्ठ, अनिल सुब्बा, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।

निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रमा गंगा थापाको संगीत छ । यो चलचित्रले लिम्बु परम्परामा रहेको जारी प्रथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायक दयाहाङ राइले यो चलचित्रको कथा आफूलाई निकै मन परेको बताए ।

श्रीमति माइती गएपछि उनलाई फर्काएनका लागि गरिएको संघर्ष र तनावको कथामा ‘जारी’ तयार भएको छ । यो चलचित्र बैशाखको १ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *