‘नाई नभन्नु ल ६’को शिर्ष गीतमा आँचलसँग पोखिएको आर्शिवादको प्रेम

१० चैत २०७९ ११:३२

बैशाखको १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ६’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘नाई नभन्नु ल ५’मा समावेश फिमेल भर्सन गीतलाई यसपटक मेल भर्सनमा परिणत गरिएको छ । यसपटक शिर्ष गीतलाई गायक प्रताप दासले स्वर दिएका छन् । बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा विकासराज आचार्य, प्रभा आचार्य, दिनेश थपलिया र बसन्त सापकोटाको शब्द छ ।

निर्देशक विकासराज आचार्यले चलचित्रको धुन, केही शब्द परिवर्तन गरेर गीत तयार पारिएको बताए । शिर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायिका आँचल शर्मा र नव–नायक आर्शिवाद क्षेत्रीलाई देख्न सकिन्छ । भिडियोमा आर्शिवाद र आँचलको प्रेम गज्जबले छल्किएको छ ।

संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको चलचित्रमा विकासराज आचार्य र बिष्णुमणी दाहालको लगानी छ ।

विकासराज आचार्य, सामिप्य तिमिल्सिना र अरुणदेव जोशीको कथा रहेको चलचित्रमा हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, कविराज गतहराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।

चलचित्रको यसअघि सार्वजनिक गीतले औषत सफलता पाएको छ । यो गीतले भने दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *