प्रकृतिसँग ‘बिहे पास’ गर्न दयालाई धौ–धौ

१० चैत २०७९ ११:२४

आरआर फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्र ‘बिहे पास’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रकृतिलाई पाउनका लागि सरकारी जागीरका चक्करमा लागेका दयाहाङलाई देखाइएको छ ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुभाष गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ ।

यो फिल्ममा दयाहाङ प्रकृतिसँगको बिहेमा पास हुन्छन् या हुँदैनन् भन्ने कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

बैशाखको १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा शिव ढकालको छायांकन, मित्र डी गुरुङको सम्पादन, प्रवेश मल्लिकको संगीत छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा रोजन श्रेष्ठ निर्माता हुन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको चलचित्रमा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माताको रुपमा छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा आकाश बराल र साजन काफ्लेको पटकथा, मुर्रे केर, आकाश र साजनको कथा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *