मुकुन र मेनुकाको ‘गणपति’ जेठ ५ बाट रिलिज हुने

९ चैत २०७९ ६:१९

आउँदो बर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति तोक्दै नयाँ चलचित्र ‘गणपति’को फस्टलुक सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबिचको फरक देखाउने यो चलचित्रको मुख्य भूमिकामा नायक मुकुन भुषाल र नायिका मेनुका प्रधान छन् ।

यस्तै, पोष्टरमा मुकुन र मेनुकाको साथमा गणेशको अनुहार झल्किने मुकुण्डो लगाएका एक व्यक्ति छन् । यो चलचित्रलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । सविनले कुनै व्यक्ति सोही समयमा भगवान् र बन्ने र कोही व्यक्ति एकै समयमा नरकीय जीवन जिउन वाध्य हुने कथालाई चलचित्रले उठान गरेको बताए ।

चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर लगायतका कलाकारको अभिनय छ । निर्देशक तथा लेखक अधिकारीले चलचित्रको नाम धार्मिक सुनिएपनि यसले कुनै पनि धर्मको विरोध नगरेको बताए । यो चलचित्रमा कलाकार मुकुन्द भुषाल शिर्ष भूमिकामा छन् ।

उनले, दर्शकले यसपटक आफूलाई विल्कुलै नयाँ भूमिकामा हेर्न पाउने बताए । एबिगम्यान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा लक्ष्मण थापाको लगानी, हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *