‘रुबी’लाई सँगै लिएर हिडेकी जसिता

९ चैत २०७९ ६:०२

नायिका जसिता गुरुङले बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’मा ‘रुबी’ पात्रको भूमिका निर्वाहा गरेकी छिन् । यो चलचित्रको छायांकन भएको ३ बर्ष भैसक्यो । निर्देशक रेनशा राई रानाले डान्सको कथालाई यसपटक मुख्य बिषय बनाएकी छिन् ।

चलचित्रमा जसिताको भूमिका के कस्तो हो भन्ने अझै पनि खुलेको छैन । तर, जसितालाई भने अझै पनि ‘रुबी’ पात्रले छाड्न सकेकी छैनन् । जसिता हरेक दिनजसो यही पात्रसँगै अगाडि बढेकी छिन् ।

जसिता भन्छिन्–‘मेरो व्यक्तिगत जीवन र रुबीको जीवन उस्तै छ । रुवी सपना देख्ने यूवती हुन् । म पनि आफ्नो जिन्दगीमा आफ्नै लागि सपना देख्छु । यसैले, पनि म रुबी पात्रबाट बाहिर निस्कन नसकेकी हुँ ।’

जसिताले ‘रुबी’ पात्र आफ्नो जिन्दगीमा सधै नै रहने समेत तर्क गरेकी छिन् । धिरज मगर, जसिता गुरुङको मुख्य भूमिका रहेको डान्स ड्रामा चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

यो चलचित्रका लागि जसिताले ३ बर्षको समय दिएको भन्दै निर्देशक रेनशाले प्रशंसा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *