सय करोड क्लबमा रणवीर र श्रद्धाको ‘तु झुटी मे मक्कार’

६ चैत २०७९ ७:२१

कोरोना महामारीपछि नायक रणवीर कपुर अभिनित दोश्रो चलचित्रले बक्स अफिसमा सय करोड क्लब पार गरेको छ । रणवीर अभिनित चलचित्र ‘ब्रम्हास्त्र’ले बक्स अफिसमा सय करोड पार गरेको थियो ।

अब, उनी अभिनित अर्को चलचित्र ‘तु झुटी मे मक्कार’ले पनि सय करोडको आँकडालाई सहजै पार गरेको छ । दोश्रो साताको विकेन्डमा चलचित्रले सुखद कमाई गर्यो । चलचित्रले दोश्रो साताको शुक्रबार ३.५१ करोड, शनिबार ६.०३ करोड र आइतबार ७.१६ करोडको कमाई गरेको छ । योसँगै चलचित्रको व्यापार १०९.१४ करोड पुगेको छ ।

चलचित्रले लाइफ टाइम कलेक्शन १ सय ३० करोडको आसपासमा गर्ने देखिएको छ । लभ रञ्जनको निर्देशनमा तयार भएको चलचित्रले समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *