तस्वीरमा हेर्नुहोस् ‘प्रसाद २’को गीतमा आश्मा र सरोजको छमछमी

६ चैत २०७९ ६:५०

चैत्र २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद २’ चर्चामा छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै हिट चलचित्रको सिक्वेललाई लिएर दर्शकमा उत्साह सुरु भएको हो । सुशिल पौडेलको कथामा तयार भएको यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी धारका चलचित्र बनाउन माहिर निर्देशक मानिन्छन् । तर, उनले सामाजिक कथावस्तुमा उत्कृष्ट चलचित्र बनाएको दाबी गरेका छन् । लेखक सुशिल पौडेल पनि ‘प्रसाद २’ ‘प्रसाद’ भन्दा अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।

चलचित्रको निर्माणपक्षले यसको पहिलो गीत ‘मार्सी धान’ भोली सार्वजनिक गर्ने तयारी गरेको छ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै संगीत र शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीको नृत्य हेर्न सकिन्छ । तर, गीतमा म्युजिक भिडियोको हिट जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मालाई समेत देख्न सकिन्छ ।

निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा केकी, विपिन, सरोज र आश्माले नृत्य गरेका छन् । यो सँगै गीतलाई लिएर पनि दर्शकमा उत्साह बढेको छ । यो गीत भोली सार्वजनिक हुँदैछ ।

चलचित्रमा कलाकार अर्पण थापाले खलनायकको भूमिकामा काम गरेका छन् । उनको गेटअप सार्वजनिक भएसँगै दर्शकमा कौतुहलता पनि सुरु भएको छ ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै यो चलचित्र बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *