‘छड्के २’बाट १० लाख मात्र फिर्ता आयोः वितरक मानन्धर

६ चैत २०७९ ६:२२

चलचित्र ‘छड्के २’को वितरक सुनिल मानन्धरले आफ्नो हातमा १० लाख मात्र फिर्ता आएको बताएका छन् । हिट नेपाल युट्युब च्यानलसँग कुरा गर्दै मानन्धरले यो चलचित्र नमज्जाले असफल भएको बताए ।

नायक अनमोल केसीको नामले नै आफूले १ करोड ३० लाख रुपैयाँ लगानी गरेको वितरकको दाबी छ । तर, आफ्नो हातमा १० लाख मात्र शेयर आउँदा अचम्मित भएको उनले सुनाए । उनले भने–‘मलाई यो चलचित्रले ३ दिनमा ३ करोड ग्रस कलेक्शन गर्छ भन्ने लागेको थियो । तर, शुक्रबार पहिलो शोबाटै चलचित्र असफल भयो । यो देखेर आफै पनि अचम्मित छु ।’

उनले, यो चलचित्र नचल्ने वित्तिकै अनमोल केसी असफल भएको भन्न नमिल्ने बताए । तर, यो चलचित्रमा भने अनमोलको स्टारडमले काम नगरेको उनको भनाई छ ।

यो चलचित्रबाट करोड बढी रकम डुबाएपनि मानन्धरले अनमोल केसीको नयाँ चलचित्र वितरणको जिम्मा पाउने हो भने आफू अझै डेढ करोड लगानी गर्न तयार भएको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *