पलसँग सम्बन्ध कहिले विग्रदैन, मनदेखि माया छः पूजा शर्मा(भिडियो)

६ चैत २०७९ ६:१४

नायक पल शाह जेलबाट बाहिर निस्किएपछि नायिका पूजा शर्मा एकपटक पनि भेट्न पुगेकी छैनन् । यसैले, पल र पूजाबिच सम्बन्ध बिग्रिएको हो कि भन्ने खबर सार्वजनिक भैरहेका छन् । यतिसम्म कि, पलले पूजालाई भाउ नदिएपछि यस्तो अवस्था सिर्जना भएको भन्ने खबर समेत सार्वजनिक भएका छन् । तर, नायिका पूजा शर्माले यो कुराको खण्डन गरेकी छिन् ।

हिट नेपाल युट्युब च्यानलसँग कुराकानी गर्दै पूजाले पलसँग आफ्नो सम्बन्ध कहिले पनि चियाकफीको नभएको बताएकी छिन् । उनले भनिन्–‘पलसँग मेरो सम्बन्ध पहिले पनि चिया पिउन भेट्ने खालको थिएन । हामी, कामका लागि मात्र कुरा गथ्र्यौ र सेटमा भेट्थ्यौं । मैले, पललाई दुःखमा साथ दिएकी हुँ । अब, उनी सुखमा छन् । उनले परिवारसँग समय बिताइरहेका छन् । यस्तो अवस्थामा उनलाई भेट्न जाने, टिकटक बनाउने राम्रो काम होइन जस्तो लाग्छ ।’

पूजाले पलले आफै आएर ‘म यस्तो गीत गाउँछु ३’ बनाउन आग्रह गरेको खण्डमा मात्र यो प्रोजेक्टलाई अगाडि बढाउन सकिने बताइन् । भनिन्–‘पलको अहिले राम्रो क्रेज देखिएको छ भनेर म उनलाई बेच्न चाहन्नँ । पलले विभिन्न ब्यानरका चलचित्र खेल्न लागेको भन्ने खबर मैले पनि सुनेको छु । यो उनको अधिकारको कुरा हो । तर, उनले नै आएर म यस्तो गीत गाउँछु ३ बनाउन आग्रह गरेको खण्डमा मात्र हामीले यो बिषयमा सोच्न सक्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *