अमेरिकामा रहदै आएकी गायिका रानी शाक्यको स्वरमा ‘हरपल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ ।
सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ । भिडियोमा नायिका वर्षा सिवाकोटी र मोडल जीवन आचार्यको अभिनय छ । भिडियोमा वर्षाले जीवनको यादमा तड्पिएको भूमिकामा अभिनय गरेकी छिन् ।