साहरुखको ‘जवान’को भिडियो लिक, ट्विटरमा हंगामा

२६ फागुन २०७९ १५:२४

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको चलचित्र ‘जवान’को भिडियो लिक भएको छ । सम्पादनको क्रममा रहेको भिडियो लिक भएपछि ट्विटरमा हंगामा नै मच्चिएको छ । यो भिडियोमा साहरुख खानको एक्सन अवतार देख्न सकिन्छ । तर, साहरुखको भिन्न गेटअपले भने दर्शकलाई उत्सुक बनाएको छ ।

फिल्ममा साउथका सुपरस्टार कलाकारहरु नयनतारा, विजय सेतुपतिको मुख्य भूमिका छ । यस्तै, साउथका सुपरस्टार थलापति विजयले यो चलचित्रमा केमियो भूमिका निर्वाहा गरेका छन् ।

यो चलचित्र जुन २ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । साहरुखको चलचित्र ‘पठान’ले विश्व बजारबाट १ हजार करोड भन्दा बढी ग्रस कमाई गरेपछि उनको स्टारडम नयाँ तहमा पुगेको छ । यसैले, आम दर्शकमा पनि चलचित्र ‘जवान’लाई लिएर उत्सुकता बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *