‘बिहे पास’को ‘खाली छैन मेरो मुुटु’ गीतमा प्रकृतिसँग दयाको प्रेम

२६ फागुन २०७९ १०:५४

नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ बैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको टिजरले दर्शकको मन जितिसकेको छ । यसैबिच, यसको निर्माणपक्षले चलचित्रमा समावेश पहिलो गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दया र प्रकृति रोमान्टिक देखिएका छन् । प्रबेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको समेत अभिनय छ । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

शिब ढकालको छायांकन रहेको चलचित्रमा मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको चलचित्रको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता रहेको चलचित्र दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरुप पस्कन लागीएको दावी निर्देशक प्रबेशको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर