नारीको कथा समेटिएको ‘जुलेबी’को फस्टलुक यस्तो

२४ फागुन २०७९ १२:१७

अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा दुई महिलाको खुट्टाको मात्र तस्वीर हेर्न सकिन्छ । तर, पोष्टर आकर्षक र केही फरक खालको छ ।
यो चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका छ ।

यस्तै, चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको पनि अभिनय छ । फोर क्यूब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रले चार जना नारी पात्रको कथा समेटेको छ ।

यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । एथोलजी विधामा तयार भएको चलचित्रमा नारी पात्रको सशक्त अभिनय रहेको बताइएको छ । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *