नायिका सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनले, बुधबार आफ्ना प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । मावन र सुरक्षाको इन्गेजमेन्ट चितवनमा भएको हो । उनीहरु भोली बैबाहिक जीवनमा बाँधिदैछन् ।
केही बर्षदेखि प्रेम सम्बन्धमा रहेपनि सुरक्षा र मानवले सार्वजनिक रुपमा भने खुलाएका थिएनन् । तर, उनीहरुले बिहे गर्ने निर्णय गर्दै आफ्ना फ्यान र शुभचिन्तकलाई सरप्राइज दिएका छन् ।
मानव म्युजिक भिडियो निर्देशक तथा संगीतकार समेत हुन् । मानव र सुरक्षाको बिहेमा आफन्त र परिवारका सदस्य बाहेक अरुलाई बोलाइएको छैन । चितवनको एक रिसोर्टमा उनीहरु बिहे गर्ने तयारीमा छन् ।
कामको कुरा गर्नुपर्दा, सुरक्षाको ‘बुलाकी र बहाब’ रिलिजको तयारीमा छन् ।