सागर लम्सालका पिता राजेन्द्र लम्सालको निधन

२३ फागुन २०७९ १२:४९

लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ बर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षीय लम्सालको सोमबार राती निधन भएको हो । राजेन्द्र लम्साल चर्चित मोडल सागर लम्साल ‘बले’का पिता समेत हुन् ।

लम्साल लामो समयदेखि बिरामी थिए । उनलाई केही समयदेखि पिसाब सम्बन्धी समस्या समेत देखिएको थियो ।

लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याउने तयारी समेत गरिएको छ । उनका ‘जापान टोकियो, डोरीको तीन फुदा, वालिङ फिरफिरे, शिरमा रिबन सलको पछ्यौरी, भीरको टुनी हो’ लगायतका गीत चर्चामा थिए ।

राजेन्द्रका ३ छोरा र १ छोरी छन् । लम्सालको निधनमा सांगीतिक क्षेत्रमा कलाकर्मीले दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *